समाचार

पृथ्वीनारायण शाहले एकिकरणको नाममा लिम्बुवान हत्याएको दिनको सम्झनामा पूर्वी नेपाल बन्द

२२ साउन, काठमाडौैँ÷राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण अरुणपूर्वका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका नाममा लिम्बुवान राज्य हत्याएको दिनको सम्झनामा परिषद्ले आज बन्दको आह्वान गरेको हो । परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ को रुपमा मनाउदै आएको छ । बन्दका कारण पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधन चलेका छैनन् भने शिक्षण संस्था तथा कलकारखाना पनि ठप्प छन् । एम्बुलेन्स, प्रेस लगायत आकस्मिक सेवाका सवारी साधन भने निर्वाध रुपमा चलिरहेको जनाएको छ

nema
Show More

Related Articles

Back to top button