breakingसमाचारनेपाली कांग्रेस

सरकारको अक्षमताका कारण कोरोना नियन्त्रण नभएको कांग्रेसको आरोप

२७ जेठ, काठमाडौैँ
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीको अक्षमताले नै अहिले देशले कोरोनाको महामारी बेहोर्नु परेको आरोप लगाउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब माग्नुभएको छ । यस्तै उहाँले देशभरका क्वारेन्टाइन मान्छे मार्ने क्याम्पमा परिणत भएको उल्लेख गर्नुभयो । सरकारले चिकित्सक तथा विज्ञहरुको सुझावको उल्लंघन गदै मनोमानी ढंगले गम्भिर लापरवाही गरेको आरोप लगाउनुभयो ।
बैठकमा बोल्दै सांसद थापाले सरकारले कोरोना भाइरसबाट मृत्यु हुनेको गलत तत्थ्याङक सार्वजनिक गरिरहेको उल्लेख गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button