समाचार

प्रधानमन्त्री ओली र कांग्रेस सांसदले संसदमा बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौं–सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले सोधेको र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएको संसदीय मर्यादा विपरितका शब्दहरु संसदको अभिलेखबाट हटाइएको छ ।
शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकको शुरुमै सभामुख कृष्णबहादुर महराले यसअघिको बैठकमा प्रधानमन्त्री र सांसदहरुले प्रयोग गरेका संसदीय मर्यादा विपरितका शब्द हटाउन संसद सचिवालयलाई निर्देशन जारी गरेका हुन ।
सभामुखले निर्देशन जारी गरे लगत्तै नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्री मात्र नभइ अन्य सदस्यहरुले व्यक्त गरेको गैर संसदीय शव्दहरु रेकर्डबाट हटाउन ध्यानाकर्षण गराएका थिए ।
सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिन रोस्टममा पुगेका प्रधानमन्त्रीले संसदीय मर्यादा विपरितको शब्दको प्रयोग गरेको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले आपत्ति जनाएको थियो भने त्यसक्रममा प्रधानमन्त्री र कांग्रेस सांसदहरुबीच भनाभन भएको थियो ।

nema
Show More

Related Articles

Back to top button