समाचार

रुकुमपश्च्मि घटनाका दोषीलाई कारवाही गर्ने गृहमन्त्री थापाको आश्वासन

१८ जेठ, काठमाडौैँ
गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गर्नुभएको छ । आज गृह मन्त्रालयमा रुकुम पश्चिम घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै थापाले घटनाका दोषीलाई कानूनी कठघारामा ल्याउन गृहमन्त्रालय प्रतिवद्ध रहेको बताउनुभएको हो । गृह मन्त्रालयले गठन गरेको छानबिन समिति समेत घटनास्थलमा पुगेर छानविन सुरु गरिसकेको उहाँको भनाई छ ।
 
उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरी काम गर्न सचेत गराइएको उहाँको भनाई छ । घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताउनुभयो । घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को समेत छुट्टै टोली छानबिनका लागि पठाउने बारेमा छलफल भइरहेको उहाँको भनाई छ । मन्त्री थापाले जातीय उत्पीडनको अन्त्यका लागि आआफ्नो ठाउँबाट भूमिका खेल्न समेत प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button