समाचारनेपाली कांग्रेस

नेपाली काँगे्रसले सूचना प्रविधि विधेयक विरुद्ध देशभर विरोधपत्र बुझाउने

५ माघ, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक विरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आज सरकारलाई विरोधपत्र बुझाउने भएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् विधेयक सच्याउन माग गर्दै विरोधपत्र बुझाउन लागिएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
पार्टीको निर्णय अनुसार दिउँसो १ बजे संविधानविपरीतका गतिविधिविरुद्ध विरोधपत्र बुझाउन लागिएको उहाँको भनाई छ । कागे्रस केन्द्रीय समिति बैठकले गत पुस २८ गते नै विरोध पत्र बुझाउने निर्णय गरेको भएपनि पार्टीको आन्तरिक किचलोका कारण प्रभावित भएको थियो ।
त्यसपछि गत शुक्रबार बसेको संसदीय दलको बैठकले आज ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । कागे्रसले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको छ ।

nema
Show More

Related Articles

Back to top button