समाचारविश्व

विश्व बजारमा कच्चा तेलको मुल्यमा बृद्धि

१८ चैत, काठमाडौैँ÷ विश्व बजारमा कच्चा तेलको मुल्य आज थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मुल्य बृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७ दशमलव ९२ अमेरिकी डलर कायम भएको छ ।

यो मुल्यबृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो । अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियटमा शून्य दशमलब ५ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ६० दशमलब ४४ डलर भएको छ । जनवरीदेखि मार्च महिनाको अवधिमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशत वृद्धि भएको हो । इरान र भेनेजुएलामाथि अमेरिकी प्रतिबन्ध तथा ओपेक र अरु मुख्य तेल उत्पादक राष्ट्रहरुले गरेको आपूर्ति कटौतीले पनि यस वर्ष तेलको मूल्यवृद्धि भएको छ ।

यी प्रतिबन्ध र आपूर्ति कटौतीले विश्व अर्थतन्त्रको वृद्धि र अमेरिका–चीन व्यापार युद्धजस्ता जल्दाबल्दा विषयलाई समेत ओझेलमा पारेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button