समाचारवी पी विचारनेपाली कांग्रेस

महामानव वीपी कोईरालाको १०७औं जन्म जयन्ती कर्णाली प्रदेशमा सम्पन्न,

 
सुर्खेत असोज १३,
वीपी विचार राष्ट्रिय समाज कर्णाली प्रदेशको आयोजनामा समाजको केन्द्रिय समितीको समन्वयमा असोज १२ गते “वर्तमान राजनितीक परिपेक्षमा वीपी विचारको सान्र्दभिकता ” बिषयक गोष्ठी zoom मार्फत सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमख अतिथी नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले नेपाली काँग्रेसले अहिले वीपीको विचारलाई जोड दिएको छैन । अहिलेको काँग्रेसले वीपी विचार छोड्दै छ भन्नुभयो । वीपी , गणेशमान र सुवर्ण जस्ता असल नेतृत्व पाउन गाह्रो छ उहाँले भन्नुभयो त्यसैगरी कार्यक्रमका विशेष अतिथी वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सह सभापत्ति गोविन्दराज जोशीले भन्नुभयो ःवीपीको विचार भनेको के हो । त्यो बुझन जरुरी छ । अहिल्यको काँग्रेसले वीपीको विचार बुझेको छैन । वीपीले भन्नुभएको थियोः जुन दिन नेपाली काँगे्रस सिद्धान्तलाई छोडेर सक्तामा जोड दिन्छ त्यो दिन नेपाली काँग्रेस निरर्थक भएर जान्छ । आज पार्टीमा त्यही भईरहेको छ । वीपीले प्रजातन्त्रको स्थापना गर्नुभयो वीपी र अरुनेतामा के भिन्नता छ भने वीपीले विचार दिनुभएको थियो । त्यसैले हामी विपीको विचारलाई मान्छौ । अरुनेताले योगदान गर्नुभयो त्यसैले उहाँहरुलाई सम्मान गर्छौ उहाँले भन्नुभयो । कार्यक्रमकै क्रममा अर्को अतिथी तथा वीपी विचार राष्ट्रिय समाजका महासचिव विनय ध्वज चन्दले वीपीको विचार बाट नेपाली काँग्रेसको उभिएको हो । वीपीबाट काँग्रेस हो काँग्रेसबाट वीपी होइन भन्नुभयो । अहिले नेपाली काँग्रेसले वीपीको विचार र सिद्धान्तलाई छोडेर सक्ताको राजनितीक गरिरहको छ पार्टी गुट गुटमा चलिरहेको छ ,स्वाभिमान छैन , वीपीले भन्नुभएको थियो ,जुन दिन नेपाली काँग्रेसले सिद्धान्त छोड्छ त्यो दिन नेपाली काँग्रेस निर्थक भएर जान्छ । अबका दिनहरुमा नेपाली काँग्रेसले वीपीको विचार ,स्वाभिमानलाई आत्मसात गरेर अगाडि बढ्न सके नेपाली काँग्रेस सफलताको शिखरमा पुग्न सक्छ उहाँले भन्नुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख वक्ता पूर्व रजिष्टार प्रा.डा.महेन्द्र कुमार मल्लले भन्नुभयो ःवीपीले २००७ सालमा जहानिया राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्नुभयो । २०४६–२०६२।२०६३ को आन्दोलनपछि भएको परिवर्तन वीपीको विचारलाई लिएर भएको थियो । वीपी प्रधानमन्त्री भएपछि क्रान्तिकारी भूमि सुधार कार्यक्रम ,वृर्ता उन्मुलन राजा रजौटाहरुको उन्मुलन , त्रिभुवन विद्यालयको स्थापना ,महेन्द्र राजमार्गको सिल्नयास आदि कार्यक्रमको सुरुवात भएको थियो ।उहाँले कहिल्यै आफु सत्तामा छु र म प्रधानमन्त्री हुँ भनेर कहिल्यै गर्व गर्नुभएन ,उहाँले गर्व यो कुरामा गर्नुभयो कि म प्रधानमन्त्री भएपछि कसरी जनताको पक्षमा काम गर्न सक्छु । वीपीले सामन्ती जंडलाई उखेलेर न्यायमुलक ,समतामुलक नेपाली समाजको निमार्ण गर्न र कृषिलाई जोड दिदै अवसरको समान वितरण गरी जनताको आर्थिक उन्नतीमा सुधारल्याई मुलुकको परिवर्तन गर्ने यती धेरै महान विचार भएका व्यक्तित्व वीपी थिए । वीपीले पँुजीवादी मान्यता बाट अघि बढियो भने देशको विकास हुदैन , राष्ट्रिय स्वाभिमानलाई आत्मासत गर्न र अर्थतन्त्रलाई कृषिको उपज मान्ने आयत भन्दा पनि निर्यातलाई जोड दिएर स्वालमवन अर्थतन्त्रको विकास गर्नुपर्छ अनि मात्र देशको विकास हुन्छ वीपीले भन्नुहुन्थ्यो । तर अहिले काँग्रेसले ठीक विपरीत दिशामा चल्दैछ । काँग्रेसले वीपीको विचार बेच्दै छ । पटक पटक काँग्रेसको सरकार आयो तर वीपीको विचार र सिद्धान्तलाई लिएर काम गर्ने सरकार आयन । अनि कहाँ बाट हुन्छ देशको समृद्धि । अन्तमा म नेताज्यूहरुलाई के आग्रह गर्दछु भने यदि तपाईहामी सबै मिलेर देशको समृद्धि गर्नको लागि वीपीको विचार र सिद्धान्तलाई लिएर अगाडि बढ्यौ भने पक्कै पनि यो देश को विकास हुन्छ उहाँले भन्नुभयो । कार्यक्रमकै क्रममा
नेपाली काँग्रेस सल्यानका पूर्व सभापत्ति दिल्लीराज रेग्मीले मानवीय संवेदनबाट ओतप्रोत भएको व्यक्ति वीपी हुनुहुन्थ्यो वीपीले सबै जनताको मेरो जस्तो घर होस भन्नुहुन्थ्यो सबैको व्यबहार देश र जनताको लागि होस भन्नु भयो । वीपीले स्वतन्त्र , लोकतन्त्रको लागि धेरै गर्नुभयो वीपीले अप्ठयारो परे देशको माटोलाई हेर्नु त्यसले जे निर्णय गर्छ त्यही गर्नु यो कति सान्दर्भिक विषय छ । हामीले कहिल्यै इतिहासलाई बिर्सनुहुदैन उहाँले भन्नुभयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य वीपी विचार राष्ट्रिय समाज मुगुका सभापति सिंह वहादुर मल्लले दिनुभएको थियो भने कार्यक्रममा मन्तव्य दिनुहुनेहरुमा हुम्लाका सभापति गोरख बहादुर बोहरा ,अरुण सिंह राठोर ,धुव्र विक्रम शाही ,गीता रेग्मी, खड्ग बहादुर शाही ,लक्ष्मण घिमिरे आदि नेतृत्व वर्गहरुले अत्यनतै सान्दिर्भिक विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रमका सञ्चालक वीपी विचार राष्ट्रिय समाज सल्यानका सभापत्ति नेत्र वली ले गर्नभएको थियो । कार्यक्रम को सभापत्तित्व वीपी विचार राष्ट्रिय समाज कर्णाली प्रदेशका सभापत्ति हस्त बहादुर मल्लले भन्नुभयो ः कर्णाली जस्तो विकट प्रदेशमा कार्यक्रम गर्नु सौभाग्यको कुरा हो , आगामी दिनहरुमा पनि यसैगरी कार्यक्रम हुदै जाओस ,वीपीको विचारलाई आम जनमानसमा पु¥याई गाँउ गाउँमा वीपी विचार राष्ट्रिय समाजका शाखाहरु पु¥याउन पाईयोस भन्दै सम्पूर्ण उपस्थित नेतृत्व वर्गलाई धन्यवाद दिदै कार्यक्रमलाई समाप्त गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button