समाचार

टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो

उदयपुर,असार ४­÷ चौदण्डीगढी नगरपालिका–७ लाटीखोलामा टिपरले ठक्कर दिदा दुई युवकको ज्यान गएको छ ।
चौदण्डीगढी नगरपालिका ७ मा बुधवार बिहान ११ बजे मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलटार–बसाहा खण्डको लाटी खोलामा दुर्घटना भएको हो ।
बसाहाबाट बेलटारतर्फ आउँदै गरेको स४प३६१ नम्बरको मोटर साइकल सोही दिशाबाट आउँदै गरेका बा२क ७०९ नम्बरको ट्रिपरले ठक्कर दिदा चौदण्डी गढी नगरपालिका– ४, बसाहा बस्ने बर्ष ४८ का खगेन्द्र राई र वर्ष ४० का जीवन राईको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिए ।
टिपर चालक चितवन घर भएका सरोज प्रजा फरार रहेको बताइएको छ । दुर्घटनामा संलग्न ट्रिपर प्रहरीको नियन्त्रणमा छ ।

nema
Show More

Related Articles

Back to top button