breakingसमाचारवी पी विचार

वीपी विचार राष्ट्रिय समाजले ४३ औैँ मेलमिलाव दिवश भब्य रुपमा मनाउने

१४ पौष, काठमाडौैँ÷वीपी विचार राष्ट्रिय समाजले ४३ औैँ राष्ट्रिय मेलमिलाव दिवश भब्य रुपमा मनाउने निर्णय गरेको छ । समाजको शनिवार बसेको बैठकले पौष १६ गते सोमवार काठमाडौैँको धुम्रबाराह पार्टी प्यालेस धुम्बाराहीमा आयोजना हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । दिनको २ बजेदेखि ४ बजेसम्म हुने जलपान समारोहमा सरिक हुन सबै शुभचिन्तकलाई आह्वान गर्ने तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यालयले मिलाउने ब्यवस्था गरेको समाजका केन्द्रीय सह—सभापति गोविन्दराज जोशीले जानकारी दिए ।
 
हालसम्म ७४ जिल्लामा समाजका शाखा विस्तार भएको जोशीले बताए । बाँकी ३ जिल्लामा पनि अविलम्ब गठन गर्नको लागि प्रयास भैरहेको छ । वीपी विचार राष्ट्रिय समाजको केहि जिल्ला समिति सक्रिय हुन नसकेकाले अधिवेशन गर्नुपर्नेमा अधिवेशन गर्नको लागि पहल भैरहेको सहसभापति जोशीले उल्लेख गरे ।
 
साथै प्रदेश नंवर ५,६,र ७ को प्रदेश सम्मेलन हुन बाँकी रहेको हुँदा अविलम्ब प्रदेश सम्मेलनको लागि ब्यवस्था मिलाउने जोशीले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button