breakingसमाचारविचारवी पी विचार

कतार विश्वकप: एसियन दावेदार दक्षिण कोरिया उरुग्वेका लागि चुनौती

twitter sharing button
sharethis sharing button

विश्वकप फुटबलमा दक्षिण अमेरिकी दाबेदार उरुग्वे एसियन पावरहाउस दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा हुने खेल साँझ ६:४५ मा सुरु हुनेछ।

पछिल्लो पटक २०१८ मा भएको मैत्रीपूर्ण खेलमा कोरियाले पहिलो पटक उरुग्वेलाई पराजित गरेकाले पनि अब विश्वकपमा पनि दक्षिण कोरिया उरुग्वेविरुद्ध जितको इतिहास बनाउन चाहन्छ।

पुरानो र बलियो विरासत बोकेको उरुग्वे एसियाली प्रतिद्वन्द्वीविरुद्ध मैदानमा उत्रिँदा स्वाभाविक रूपमा संयमित हुनेछ।

त्यसो त उरुग्वेसँग स्टार र नयाँ खेलाडीको बाहुल्यता रहँदा दक्षिण कोरिया भने स्टार खेलाडी सन ह्युङ मेनको बढी भरमा मैदानमा उत्रिनेछ।

उरुग्वेसँग लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता स्टारहरू मैदानमा हुनेछन्। तर, यो पटक एसियन मैदानमा एसियाली टिमको वर्चस्वले गर्दा दक्षिण अमेरिकी राष्ट्र उरूग्वेपनि केही संसकित छ।

जारी विश्वकपमा एसियन राष्ट्र साउदी अरेबियाले अर्जेन्टिना तथा जापानले जर्मनीलाई स्तब्ध बनाएकाले दक्षिण कोरिया पनि अर्को सनसनीपूर्ण नतिजा दोहोर्‍याउने पक्षमा रहेको छ। दक्षिण कोरिया उरुग्वेलाई हराउँदै नकआउट दावेदारी बलियो बनाउने प्रयास गर्नेछ।

त्यसो त दक्षिण कोरिया र उरुग्वेबीच विश्वकपको इतिहासमा यसअघि २ पटक प्रतिस्पर्धा भएको छ। जसमा १९९० मा १-० र २०१० मा २-१ ले उरुग्वेले जित हासिल गरेको छ।

तर, समग्रमा भने ८ पटक प्रतिस्पर्धा हुँदा दक्षिण कोरियाले २०१८ मा भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो। जहाँ २-१ ले कोरिया विजयी रहेको थियो। बाँकी ६ खेलमा उरुग्वे विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ।

copied from online khabar

nema
Show More

Related Articles

Check Also
Close
Back to top button