breakingसमाचार

सरकार विरुद्ध बालुवाटारमा विशाल प्रदर्शन

२९ जेठ, काठमाडौैँ
सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने , थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।
उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
यसैबीच
कास्कीको पोखरामा पनि सरकारविरुद्ध प्रर्दशन गरेको छ । पोखरामा कोभिड–१९ नेपाल, इनफ इज इनफ ग्रुपको आयोजनामा
भएको प्रदर्शनमा सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गरेका प्रयास असफल भएको, आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन पोखराका युवाहरु सडकमा उत्रेका हुन् । पोखराको सहिदचोकमा देखि राष्ट्रबैक चोकसम्म दोहोरो मानव साँग्लो बनाएर युवा हातमा विभिन्न नारा लेखिएको ब्यानरसहित मौन विरोधमा उत्रेका हुन् ।
प्रर्दशनमा उत्रेका १ हजार युवाले सरकार १० अर्बको हिसाब खै ? कर केका लागि लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा मौन जुलुसमा सहभागी भएका थिए । सयौंको संख्यामा उपस्थित भएका युवालाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भएको थियो । नाराबाजी गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button