बालकुमारी घटनामा सुरक्षा कमजोरी रह्यो : गृहमन्त्री श्रेष्ठ
१६ पुस, काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । यसमा ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको उनको भनाइ छ ।
संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताए ।
‘इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक देखिएन, रियाक्टिभ देखियो,’ उनले भने । त्यही भएर श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी मन्त्री श्रेष्ठले बताए ।
यसैगरी अनुसन्धानमा सघाउन सहयोग होस् भनेर ललितपुरको प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख -एसएसपी) र फिल्ड कमाण्डमा खटिएका प्रहरी कमाण्डर -डीएसपी)लाई पनि जिम्मेवारीबाट हटाइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
copied from online khabar