समाचार

सीमा नाकामा कडाई गर्न प्रधानमन्त्री ओलीको निर्देशन

२१ बैशाख, काठमाडौैँ
प्रधानमन्त्री केपी ओलीले सीमा नाकाहरुमा कडाई गर्न निर्देशन दिनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा भारतबाट कोरोना भित्रिन नदिन सिमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले विभागीय मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो । भारतमा लकडाउन लम्बिँदा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने सम्बन्धमा ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिनुभएको हो । गत चैत ११ गते निरन्तर रहेका देशव्यापी लकडाउनको अवधि वैशाख २५ गते सकिने भएकाले त्यसपछि के गर्ने भन्नेमा सरकारले विभिन्न मोडालिटीमा छलफल सुरु गरेको छ ।
 
वैशाख २५ पछि जिल्लाहरुमा देखिएको जोखिमका आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याएर केही खुकुलो बनाउनेबारे छलफल भइरहेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button