breakingसमाचारनेपाली कांग्रेस

नुवाकोटबाट ‘सबैको काङ्ग्रेस, सधैंको काङ्ग्रेस’ अभियान सुरु

२३ मंसिर , काठमाडौैँ÷नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री कुलबहादुर गुरुङले शनिवार नुवाकोटबाट ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ गरेका छन् ।
वीपी विचार राष्ट्रिय समाजका सभापति समेत रहेका नेता गुरुङले काङ्ग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । “काङ्ग्रेसलाई देशव्यापी रुपमा बलियो बनाउनका लागि अभियानले सहयोग पुग्ने उनले स्पष्ट पारे ।
नेता गुरुङले बलियो काङ्ग्रेस निर्माणका लागि आफूले काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा पटकपटक आवाज उठाउँदै आएको उल्लेख गरेका छन । उनले देशभरका काङ्ग्रेस कार्यकर्तालाई एक बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन अभियानलाई देशव्यापी लैजान जरुरी रहेको जिकिर गरे ।
अभियन्ता दीपक भण्डारीले पार्टीभित्र एउटै व्यक्तिले दोहो¥याउने परिपाटीको अन्त्य गर्दै समान अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न उक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
अभियन्ता हरिशरण खतिवडाले नयाँ दृष्टिकोण र नयाँ सोचका साथ पार्टीलाई अगाडि बढाउन अभियान शुरु गर्न लागिएको बताउँदै आगामी दिनमा यो अभियानलाई देशव्यापी लैजाने बताए ।

nema
Show More

Related Articles

Back to top button