breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसले किन ग¥यो प्रदेश नंवर ५ को प्रदेशसभा बैठक अबरुद्ध

१८ माघ, बुटवल । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश नं ५ को प्रदेशसभा वैठक पनि अवरुद्ध गरेको छ ।

डा. गोविन्द केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकारले चासो नदिएको विरोधमा वैठक अवरुद्ध गरेको काँगे्रसले जनाएको छ ।

वैठक शुरु भएलगत्तै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेल रोष्टम अगाडि गएर वैठक चल्न नसक्ने भनेपछि कांग्रेस सांसदहरुले उठेर वैठक अवरुद्ध गरेका थिए ।
डा. केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा पत्ता लगाउन चौतर्फी दवाव भएपनि सरकारले कुनै कदम नचालेको विरोधमा प्रदेश सभा वैठक अवरुद्ध गरेको नेता पोखरेलले बताएका हुन ।

कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले माघ २२ गतेसम्मका लागि वैठक स्थगित गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button