समाचारUncategorizedवी पी विचार

बीपी विचार राष्ट्रिय समाजकाे तेस्राे साधारण सभाकाे प्रतिवेदन

  तेस्रो साधारण सभा( २०७७ चैत्र २१ र २२)

वीपी विचार राष्ट्रिय समाजको तेस्रो साभारण सभा समाजका सभापति कुल बहादुर गुरुङ्गको सभपतित्वमा चैत्र २१ र २२ गते काठमाडौको चावहिल स्थित स्मार्ट प्यालेसमा भव्यताका साथ सु–सम्पन्न भएको छ । समाजका उप–महासचिव श्री रामवहादुर गुरुङ्गले सञ्चालन गर्नुभएको सो साधारण सभामा मुलुकका ७२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आमन्त्रित प्रमुख अतिथी,विशिष्ट अतिथी,प्रतिनिधि तथा पर्यवेक्षकहरुको हार्दिक स्वागत गर्नुहुदै समाजका सह–सभापति श्री गोविन्दराज जोशीले सम–सामयिक राजनितिक स्थिति र प्रजातान्त्रिक सँस्कृतिमा देखिएको स्खलन उपर सारगर्भित मन्तव्य राख्नु भएको थियो । उहाँले ;नेपाली काँग्रेस वीपीको विचार बाट जन्मेको हो । वीपी विचारका हामी अनुयायीहरु विचारको राजनितिक स्थापित गर्न महा जमघट भएका हौ ”भनु भएको थियो ।
“वीपीले सत्तालाई भन्दा सिद्धान्त र आर्दशलाई सर्वोपरि महत्व दिनुभयो । राष्ट्रियता र मेलमिलापको नीति अख्तियार गरेर राष्ट्रियता ,प्रजातन्त्र र समाजवादलाई राजनितिक मूलधार वीपीले बनाउनु भएको हो । विश्वजगतले समेत महत्व दिएको वीपी विचारको राजनितिलाई ओझेल पार्ने सहमति,सहकार्य र एकताको प्रायोजित राजनितिक १२ बुँदे सम्झौताका रुपान्तिरित भएपछि नेपाली काँग्रेस भिन्न –भिन्न भएको दुःखद घटनासित हामीहरु अभिशत्र भएका छौ ।”युगद्रष्टा वीपीले नेपाली काँग्रेसमा सिद्धान्त र आर्दश बिर्सेर सत्तामुखि सँस्कृतिको बोलवालहुने अनुमान गर्नु भएको प्रसंग कोट्याउदै समाजका सह–सभापति जोशीले भन्नुभयो “अहिले नेपाली काँग्रेसको आफ्नो एजेन्डा छैन;प्रचन्ड र नेपाली काँग्रेस छुट्टाउन नसकिने अवस्था छ । चुनावको लागि टिकट वितरण र राजनितिक नियुुक्तिमा आफ्ना नातागोता र अनुचरहरुको घेरा भित्र नेपाली काँग्रेसको राजनितीक चक्कर काटी रहेको छ । यो नेपाली काँग्रेस ध्वस्त पार्ने प्रयत्न हो ।”उहाँको दृढोक्ति थियो–“वीपी विचारबाट विमुख नेपाली काँग्रेसको औचित्य छैन ; आम मानिसहरु असन्तुष्ट छन् । सुदृढिकरणको चाहना राखेका छन् । संसद विघटन र पुनःस्थापनाको राजनितीक स्थिती अन्योलपूर्ण र दिशाविहीन छ । यस प्रकारको अलमल र दिशाविहीनबाट खोक्रो राष्ट्रवादको प्रजातान्त्रिक शक्तिलाई किनारा लगाउने पञ्चायती शैली कम्युनिष्टको आवरणमा क्रियाशिल रहदै आएको हामी सबैले महसुस गर्दै छौ । वीपीले राष्ट्रवादी शक्ति र प्रजातान्त्रिक शक्तिलाई एकीकृत गरेर राष्ट्रिय मूलधारमा मुलुकको राजनिती पुनःस्थापितगर्न राष्ट्रियता र मेलमिलापको निती अवलम्वन गर्नुभएको हो । यसले नेपाली काँग्रेसलाई सही बाटोमा हिडाउन सकिने छ । हामीहरु यसैको लागि काम गर्दै छौ । प्रजातन्त्र , राष्ट्रियता र समाजवादको सिद्धान्त र आर्दशको बाटोबाट कुनै पनि वहानामा विमुख हुन नसक्ने गरी नेपाली काँग्रेस संचालन हुने परिपाटीको विकासका लागि वीपी विचार राष्ट्रिय समाज कृतसंकल्पित छ ।
तेस्रो साधारण सभाका सभापति श्री कुल वहादुर गुरुङ्ग , प्रमुख तथा विशेष अतिथी र समाजका पदाधिकारीहरुबाट जननायक वीपी कोइरालाको तस्वीरमा माल्यार्पण तथा पुण्य गुच्छा अर्पण गरि राष्ट्रिय गान गाईएको थियो । सहिदहरुको सम्झनामा एकमिनेट मौन धारण पनि गरिएको थियो । शुभकामना मन्तव्य प्रकट गर्ने क्रममा यस समाजका विशेष अतिथी नेपाली काँग्रेसका पूर्व महासचिव तथा पूर्व सभामुख श्री तारानाथ रानाभाटले वीपीको दर्शन,सिद्धान्त र आर्दशको महत्वबारे विषय विवेचना गर्नुहुदै भन्नुभयो–“गौरवमय सार्वभौा स्वतन्त्रताको इतिहास बोकेको नेपालले भिन्नाभिन्नै राजनितीक पद्धती अंगीकार गरेका दुई ठूला राष्ट्रबीच समझदारीपूर्ण सन्तुलन कायम गर्दै आएकोमा अहिले अनेक किसीमका राजनितक निकटम र तानावाना वुनीदा मुलुक घोर संकटमा फसेको छ ।” वीपीको दर्शन,सिद्धान्त र आर्दशबाट विमुख राजनितीले हाम्रो विशिष्टता,मौलिकता रस्वाभिमानलाई भद्रखोलामा पु¥याएको उहाँको जिकिर थियो । पूर्व सभामूख श्री रानाभाटले भन्नुभयो–“अप्राकृतिक हत्या गरिएको संसद प्रतिनिधि सभा व्युतिए पनि औचित्यहिन अवस्था छ ; भ्रष्टचार गैर राजनितिक प्रविधि ,सत्तासिन पार्टीका घिनौना गाली – गलौच र सत्तालिप्साको लागि जे पनि गर्ने अराजक प्रविधिले राष्ट्रिय मूलधारको राजनितिले क्षतविक्षहुन पुगेको छ । आज यस्तो संक्रमणबाट देशको ऐतिहासिक औ वैचारिक क्रान्तिको प्रणेता नेपाली काँग्रेसलाई कसरी जोगाउने भन्ने संकट उत्पन्न भएको छ ।”
“हाम्रो मौलिक राष्ट्रिय मूलधार भनेको राष्ट्रियता प्रजातन्त्र र समाजवाद हो । मुलुकको आर्थिक, सामाजिक ,राजनितिक,साँस्कृतिक तथा प्रशासनिक यन्त्रको सही परिचालन वीपीको दर्शनमा आधारित राजनितिक पद्धतीबाट मात्र संम्भव हुनु भएकाले वीपी विचार राष्ट्रिय समाजले यसको लागि नेतृत्वदायि भूमिका निर्वाह गर्नसक्नुपर्छ भन्ने श्भकामना उहाँले व्यक्त गर्नुभयो । प्रमुख अतिथी तथा संविधानविद वरिष्ठ अधिवक्ता डा.भीमार्जुव आचार्यले“ वीपी विचार राष्ट्रिय समाज सकारात्मक संदेश दिने गहकिलो संस्था हो ।,यस्को सफलताको लागि शुभेच्छा प्रकट गर्दै आफ्ना गहन औ विवेचनात्मक विचार व्यक्त गर्नु भयो –“हाम्रो विराट सम्पदा र सँस्कृति उपर अनेक प्रहार हुँदै आएका छन् । यो दुःखद पक्ष हो । बाह्र बुँदे सम्झौता देशको लागि दुर्भाग्य हो । केपी ओली बहुतै खतरनाक पात्रको रुपमा प्रस्तुत गरिएको छ । पहिले कहिल्यै नभएको राजनितिक संकटको कालो बादल भट्टराई रहेको अवस्थामा हामीहरु एक हुन सक्यौ र प्रजातान्त्रिक व्यवस्था कायम राख्न सक्यो भने नेपालको गौरव बढछ भन्ने वीपीको विचार वहु–आयामिक छ । यही बाटोमा हिड्न सक्दा नेपाल सुदृठ र सुरक्षित रहन सक्छ । ”वर्तमान संविधानको चर्चा । विवेचना गर्दै संविधानविद डा. आचार्यले “प्रजातंयोत्तर ६–६ वटा संविधान वने;ती मध्ये २०४७ सालको संविधान मात्र नेपाली सोच,नेपालीपन र मौलिकधरातलबाट निर्माण भैको थियो । सात सालको अन्तरीम संविधान र २०१५ सालको संविधान वृटिश र भारतको रुचिमा बनेको थियो भने २०१९ सालको संविधान ऋषिकेश शाहको अगुवाइमा उनका भारतीय मित्रहरुको इसारामा र २०६३ सालको संविधान १२ बुँदे सम्झौता पुरागर्ने धेयले बनाएको थियो । माओवादीको माध्यमबाट यसको सम्पदा,सँस्कृति र मौलिकता भत्ताकाउने काम भएको छ । यसको लागि दुई–दुईवटा संविधानसभा रचेर विपुल धनराशी खर्च गरेर चमत्कार देखाउने हावी गरिएको थियो । यसैको जलप लेपेको पुस ५ गतेको केपी ओलीको दुस्साहसिक अप्रजातान्त्रिक कदम मुलुकको अस्तित्व समाप्त गर्ने लेंडुप दोर्जी बन्ने बाटो थियो ।“कथित जनयुद्धले राष्ट्रिय प्रजातान्त्रिक संस्थमहरु छिन्न भिन्न गरायो । ओलिको हैकम बाट र माओवादि ध्वंशकारी चरित्रबाट समयमै राष्ट्र सचेष्ट हुनु सकेन । अब पनि एकतावद्ध भएर प्रजातान्त्रिक पद्धतिलाई बचाउन सकिएन भने राष्ट्रको अस्तित्व रहने छैज युगद्रष्टा वीपीले चारदशक अगाडि अवलम्वन गर्नु भएको राष्ट्रिय एकता र मेलमिलापको अंतर्य उग्रवादी कृयाकलापबाटम मुलुकलाई बचाउने अचुक कदम थियो ।”समसामयिक विश्वपरिस्थितिको विवेचना गर्दै वरिष्ठ अधिवक्ता डा.भीमार्जुन आचार्यले भन्नुभयो–“अमेरिकाको प्रतिनिधि सभामा भएको घटनाले उग्रकाम वा दक्षिण पंथीहरुलाई एकै ठाउमा ल्याएको छ ।वीपीले हमेसा यस्ता उग्रवादी सोच र क्रियाकलापबाट देशलाई वचाउन कोशिश गर्नुभयो ।त्यसैका लागि जीवन समर्पित गर्नुभयो । वीपीको चिन्तन सर्वाधिक महत्वपूर्ण छ । नेपालको सामथ्र्य पहिचान गर्ने यो विचारलाई नेपाली काँग्रेसले कुनहदसम्म आत्मसात गरेको छ –त्यो आफूलाई थाहा नभएको तर अहिले सत्तामा जाने सोच आत्मघाती हुने छ ।”सभापतिको आसनबाट आफ्नो विचार राख्दै नेपाली काँग्रेसका वरिष्ठनेता श्री वहादुर गुरुङ्गले भन्नुभयो–“वीपीलाई हामीले किन सम्झि रहन्छौै ? त्यस्का अनेक आधार छन् । राष्ट्रियता र मेलमिलापको नीति समयमै बुझ्न नसकेका राजाले जेलमा कोचिएका वीपीलाई एकदिन बोलाएर भने–तिम्रा डाक्टरहरु भन्छन् –तिमी असाध्यै रोगले ग्रस्त छौ । दवाई गर्न विदेश जाउ । यसमा वीपीको जवाफ थियो–सरकार म भन्दा रुग्ण अवस्थामा देश छ । यसको सन्दर्भ राजा हाम्रो नेता वुद्धिजीवीले बुझेनौ त्यो भन्दन पीडादायी कुरा हामी नेपाली काँग्रेसले बुझेनौ –बुझ्न खोजेनौ अहिलेको शुन्यता मेटाउन सकिन्छ कि भनेर हामीले वीपी विचार राष्ट्रिय समाज गठन ग।ेका हौ ।”सभापति गुरुङ्गले देशका कुनाकाप्चामा वीपीलाई सम्झेर व्यापक सहभागिता भएको छ;त्यो सन्तोषको कुरा हो । सहभागिताहरुको उत्साह उमंग र विश्वास सुन्दर नेपालको जग हो, वीपी विचारको ऊर्जा हो यो व्यापकता र विश्वासको जगतलाई सुदृढ,वृहत्तर र एकतावद्ध गर्दै जाने प्रतिवद्धताका साथ उद्घाटन सत्रको समापन गर्नुभयो । बन्द सत्र ११ः०० बजे देखि प्रारम्भ भयो । यसको सभापतित्व वीपी विचार राष्ट्रिय समाजका सभापति केवी गुरुङ्गले गर्नुभएको थियो । तेस्रो साधारण सभामा समाजको कार्यकारी समिती चयन हुने वैधानिक प्रावधान अनुरुप श्री सुदीप पण्तिको संयोजकत्वमा निर्वाचन समिती गठन भएको थियो । उहाँले निर्वाचन सम्बन्धी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बन्द सत्रको महत्वपूर्ण कार्यक्रम महासचिवको प्रतिवेदन प्रस्तुत भएपछि शुरु भयो । आफ्नो प्रतिवेदनमा महासचिव विनयध्वज चन्दले प्रजातान्त्रिक पद्धतिमा देखा पेरेका गञ्जागोल,बेतीथी,भ्रष्टाचार र राष्ट्रियता प्रति गरिएको खेलवाडबाट मुलुकमा संकट पैदा भएको विस्लेशणात्मक विवेचना गर्नुभैको थियो ।प्रजातान्त्रिक शक्ति एकताबद्ध हुन नसक्दा राष्ट्रियता निरन्तर कमजोर हुदै गएको र त्यस्को निदान वीपी विचारबाट मात्र संम्भव हुने दृष्टानतको उल्लेख गर्नुं भएको थियो । वीपी विचार राष्ट्रिय समाजले गरेका गतिविधिहरु विशेषत विभिन्न प्रकाशनहरुबाट राष्ट्रियता र प्रजातान्त्रिक शक्ति लाभान्ति भएको महासचिवको प्रतिवेदनमा उल्लेख छ । वीपीको परराष्ट्र निती ,आर्थिक निती तथा प्रशासनिक संरचना सम्बन्धी अनुसन्धानात्मक कृति निकट भविष्यमा प्रकाशित गर्ने समाजले अठोट गरेको जानकारी समेत महासचिव चन्दले प्रतिवेदन मार्फत जानकारी गराउनु भएको थियो ।त्यसैगरी समाजका कोषाध्यक्ष गीता रेग्मीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । भने नेपालप् कँग्रेसका नेता लोकेश ढकालले समाजको राजनितीक प्रस्ताव पेश गर्नुभएको थियो । प्रतिवेदन माथि छलफलका साथ जिल्ला सभापति तथा प्रतिनिधिले मन्तव्य र सुझाव राख्ने कार्यक्रम थियो । जस्मा निम्नलिखित वक्ताहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो ।सो कार्यक्रम वहुतै रोचक ढंगले साँझ पाँचबजे सम्म चल्यो । पहिलो दिनको कार्यक्रमलाई निरन्तरता दिन चैत्र २२ गते विहान ८ः०० बजे देखि प्रारम्भ हुने गरी सभापतिज्यूले पहिलो दिनको बन्द सत्रको कार्यक्रम मननीय मन्तव्यका साथ समापन गर्नु भएको थियो । वीपी विचार राष्ट्रिय समाजको तेस्रो साधारण सभाको दोस्रो बन्दसत्र चैत्र २२ गते आईतवार बिहान ८ः०० बजे शुरु भएको थियो । यस सभाको सभापतित्व श्री कुल बहादुर गुरुङ्गकै सभापतित्वमा सम्पन्न भएको थियो । जिल्लागत प्रतिनिधिहरुले मन्तव्य राख्ने कार्यक्रममा निम्न महानुभावहरुले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यमा नेपाली काँग्रेसको सांगठनिक संरचना ध्वस्त भएको,प्रजातान्त्रिक संस्कार नभएको नेताहरुले जनमानसको भावनाको कदर नगरेको,पार्टीभित्र गुटबन्दी हावी भएको र पार्टीले वीपी विचारको अवमूल्यन गर्दै जनवल ,वाहुवलको प्रश्रय लिन पुग्दा चरम बेतिथी हावी भएको गुनासो दोहोरिएको थिए । बन्दसत्रमा व्यक्त विचार टिपोट गर्ने व्यवस्था भएको हुनाले ती भावनाहरुलाई पनि समेट्ने व्यवस्था मिलाइएको थियो । यस्को लागि वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य श्री ढुण्डीराज पोख्रेल ,श्री नारायण भट्टराई र प्रा.डा. वासुदेव खनाललाई जिम्मा दिइएको थियो । शुभकामना दिने क्रममा निम्न महानुभावहरुले प्रतिनिधित्व गर्नुभएको थियो ।
१. सुरेश कोइराला, सभापति धनुषा ।
२. हर्कलाल गिरी,सभापति झापा ।
३. विनोद कोइराला, सभापति मकवानपुर ।
४. टेकेन्द्रराज कण्डेल,सभापति लम्जुङ्ग ।
५. सरद भट्टराई ,सभापति रुपन्देही ।
६. नेत्र ओली ,सभापति सल्यान ।
७ सन्तोषी ऐर , सभापति कञ्चनपुर ।
८.गोविन्द बहादुर थापा ,सभापति धनकुटा ।
९ सुभाष लोहनी , एसिया प्यासिफिकका संयोजक ।
१०.वसन्तजंग ठकरी ,सभापति नुवाकोट ।
११.गीता खनाल, महिला नेतृ. मकवानपुर (दोस्रो सत्र प्रारम्भ) ।
१२. डिल्लीराम अधिकारी,सभापति तनहुँु ।
१३. माधव नेपाल,सभापति पाल्पा ।
१४.राम सिंह रावल –वाजुरा ।
१५. झनक श्रेष्ठ,सभापति रामेछाप ।
१६. विनोद वान्तवा, सभापति भोजपुर ।
१७. अशोक गुरुङ्ग, सभापति ,गोरखा ।
१८.चिनु पोख्रेलद्धारा लयवद्ध कविता प्रस्तुत ।
१९. रामचन्द्र चौधरी, सभापति ÷चंन्द्रनिगाहपुरका मेयर,रौतहट ।
२०. सिंह बहादुर मल्ल ,सभापति मुगु ।
२१. रमेश कुमार पाण्डे ,सभापति दाङ
२२.कमल वहादुर खड्का , सभापति स्याङजा ।
२३.गणेश वहादुर खड्का ,क्षेत्रिय सभापति कैलाली
२४. प्रेम सिंह रावल ,सभापति अछाम
२५. गोरख बहाद्र खड्का ,सभापति हुम्ला
२६.हरि प्रसाद खनाल ,सभापति इलाम
२७.हिरामणी अर्याल, प्रतिनिधि गुल्मी
२८.नरेन्द्र केरुङ्ग, सभापति पाँचथर
२९.दुर्गा बहादुर राना ,सभापति नवलपुर
३०. प्रलाद थापा ,सभापति काभ्रे
३१ धुव्र विक्रम शाह , सभापति कालिकोट(शहिद पुत्र)
३२. सत्य शाही, सभापति डोल्पा ।
३३. पे्रम कुमार राई ,सभापति खोटाङ
३४. रामचन्द्र जोशी, सभापति बजाङ्ग
३५. रमेश सिंह भण्डारी,सभापति बैतडी ।
३६.खगेन्द्र प्रसाद हमाल ,सभापति रोल्पा
३७. प्रदीप सापकोटा ,सभापति म्याग्दी
३८. अरुण सिंह राठोर ,सभापति वर्दिया
३९. राजन पन्त ,सभापति पाल्पा ।
४०.भुपेन्द्र वहादुर थापा ,उदयपुर
४१. नेत्र वहादुर रावल ,सभापति कैलाली
४२. चन्द्र आचार्य ,सभापति सोलुखुम्बु
४३. कृष्ण वहादुर राउत, सभापति सुदूरपश्चिम प्रदेश समिती(कैलाली)
४४. ठान बहादुर रोकाया,के.स हुम्ला
४५.अञ्जना मढिकर्मि ,उपमेयर ठिमी उपसभापति ,भक्तपुर
४६.सांम्दो लामा ,पूर्व उपसभापति मनाङ्ग
४७.वजरङ शाह ,के.स पूर्व मेयर जनकपुर न.पा.ं
४८. दिल कुमारी राई ,पूर्व के.स ने.काँ ,सुनसरी
४९. कृष्ण प्रसाद पोख्रेल ,रुपन्देही
५०.नर कुमार चुवान,संखुवासभा
५१.प्रा.कृष्ण कुमार दाहाल ,मकवानपुर
५२. गंगा बहादुर कुँवर ,पूर्व सांसद अछाम
५३.रामशरण हुँमागाई,भर्जेनिया च्याप्टर अमेरिका संयोजक,काभ्रे
५४. रचना माथेमा उपमेयर ,धनुषा
५५.लक्ष्मण प्रसाद घिमिरे पूर्व प्रमुख सचेतक कें.स,रामेछाप
५६. राजेन्द्रमान ताल्चा भडेल सभापति ,सिन्धुपाल्चोक
५७. डा.हरि कडेल सभापति ,चितवन
५८.सुनिल सापकोटा , मोरङ
५९.जगन्नाथ कार्की ,सभापति भक्तपुर
६०.तिलक भण्डारी के.स ,रुकुम पश्चिम
६१. सुरेन्द्र हमाल, पूर्व मन्त्री ,रोल्पा
प्रदेश स्तरीय छलफल तथा प्रतिवेदन कार्यक्रम सभापतिहरु श्री दीपक लोहनी,खेमराज सेँढाई,डिकेन्द्रराज कडेल,अरुण सिंह राठोर ,हस्त वहादुर मल्ल र वीर वहादुर हमालको सभापतित्वमा सम्पन्न भएको थियो । यसमा समाजकका तर्फबाट सहजकर्ता यसप्रकार तोकिनु भएको थियो । प्रदेश नं. १ मा श्री नर कुमार चौवान , प्रदेश नं. २ मा श्री रामरशण चिमौरिया ,बाग्मती प्रदेशमा प्रा.डा वासुदेव खनाल,गण्डकी प्रदेशमा कमल खनाल,लुम्बिनी प्रदेशमा ढुण्डीराज पोख्रेल ,कर्णाली प्रदेशमा ठान वहादुर रोकाया र सुदूरपश्चिम प्रदेशमा नारायण भट्टराई । प्रदेश स्तरीय छलफल, मन्तव्य तथा सुझावहरु समेटिएका प्रतिवेदन महासचिव समक्ष प्रस्तुत भएको थियो । महासचिवको प्रतिवेदन परिमार्जन सहित पारित भएको थियो भने कोषाध्यक्षको प्रतिवेदनमा व्यवस्थित ,विस्तृत औं स्पष्ट हुने गरी तयार गर्ने सुझावका साथ परिमार्जन सहित पारित गरियो । राजनितिक प्रस्ताव के.स तथा ने.का .का नेता लोकेश ढकालद्धारा साधारण सभामा निणयार्थ प्रस्तुत भएकोमा परिमार्जन सहित “काठमाडौ घोषणापत्रको” रुपमा सर्व सम्मतिबाट पारित भएको थियो । आगामी बर्षको लेखापरिक्षण नियुक्ति गर्ने अधिकार केन्द्रिय कार्यसमितीलाई प्रदान गर्ने र उपमहासचिव श्री रामवहादुर गुरुङ्गले प्रस्ताव गर्नुभएको प्रस्ताव सर्वसम्मतिवाट पारित भयो । त्यसैगरी समाजको बैठक पुस्तिका प्रमाणित गर्ने अधिकार प्रदान गर्न उप–महासचिवले सभा समक्ष पेश गर्नुभएको प्रस्ताव सभापति र महासचिवले निर्णय पुस्तिका प्रमाणित गर्ने सर्वसम्मतिबाट निर्णय भयो । तेस्रो साधारण सभामा निर्वाचन समितीका संयोजक सुदीप पण्डितले श्री कुल बहादुर गुरुङ्ग निर्विरोध सभापति निर्वाचन हुनुभएको घोषणा गर्नुभयो । नवनिर्वाचित श्री गुरुद्धारा शपथ ग्रहण तथा पद ग्रहणका साथ तेस्रो साधारण सभा सभापति ज्यूका सारगर्भिक मन्तव्यका साथ सुसम्पन्न गरियो यस अघि समाजका केन्द्रिय सदस्य डा. सरोज देवकोटा(गोरखा) पूर्व के.स शयाम लाल श्रेष्ठ लक्ष्मण सिंह थापा ,सभापति गुल्मी,पूर्व जी.वि.सका सभापति विजय प्रुसाद धिताल (रुपन्देही) वीपी विचार राष्ट्रिय समाजका सल्लाहकार पूर्व मन्त्री दूर्योधन सिंह चाौधरी(रुपन्देही)को असामयिक निधनप्रति शोक प्रस्ताव पारित एवंम श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button