breakingसमाचार

राष्ट्रपति भण्डारीद्धारा संसदको दुबै सदनको अधिवेशन आह्वान

२१ बैशाख, काठमाडौैँ
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । आजको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
 
‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल वैशाख २६ गते शुक्रबारको दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्धारा जारी पत्रमा भनिएको छ । आज बसेको मन्त्री परिषदको बैठकले संसदको बजेट अधिवेशन वैशाख २६ का लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
 
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने संवैधानिक नियम छ । सरकारलाई जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । त्यसअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्नेछ ।

nema
Show More

Related Articles

Back to top button