breakingसमाचार

अन्य विधेयक पनि फिर्ता लिन काँगे्रस सभापति देउवाको माग

काठमाडौं, असार ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानविपरित सरकारले संसदमा ल्याएका अन्य विधेयक पनि फिर्ता लिन माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको सुरुमै बोल्दै संसदीय दलका नेता देउवाले गुठी विधेयकसँगै मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगसम्बन्धी विधेयक सरकारले संविधान विपरित ल्याएको दावी गर्दै खारेज गर्न माग गरेका हुन् । उनले ती विधेयक जबरजस्ती संसद्मा पेश गर्न खोजिए पारित गर्न नदिने चेतावनीसमेत दिए ।
गुठीसम्बन्धी विधेयक फिर्ता गर्ने मन्त्रीको घोषणा कानुन सम्मत नभएको भन्दै उनले संसदमा प्रवेश भइसकेको विधेयक संसदले नै फिर्ता गर्नुपर्ने प्रक्रिया रहेको बताए ।
कांग्रेसका सभापतिसमेत रहेका देउवाले संसद्मा प्रतिपक्षी उठेपछि उसलाई पहिले बोल्न दिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको समेत बताए । उनले संसदीय अभ्यासअनुसार संसारमै संसद विपक्षीको र सरकार सत्तापक्षको हुने प्रष्ट पारे । सवाल गर्ने प्रतिपक्षीको हक रहेको स्मरण गराउँदै उनले जवाफमा सरकार पक्षबाट धारणा आउने संसदीय अभ्यास रहेको सभापति देउवाको भनाई छ ।
देउवाले प्रधानमन्त्रीको युरोप भ्रमण पनि उपलब्धिविहीन भएको टिप्पणी गरे ।

nema
Show More

Related Articles

Back to top button