breakingसमाचारनेपाली कांग्रेस

तनहुँमा कार्यकर्तालाई कांग्रेस नेता गोविन्दराज जोशीले दिए यस्तो निर्देशन

२८ वैशाख, तनहुँ÷नेपाली काँगे्रसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा नेपाली काँगे्रसलाई कमजोर पार्न सडयन्त्र भैरहेको बताएका छन् । नेपाली काँगे्रस तनहुँ क्षेत्र नंवर १ को क्षेत्रीय भेलामा बोल्दै प्रमुख अतिथि जोशीले तनहुँमा नेपाली काँगे्रसलाई कमजोर पार्न वरिष्ठ नेता रामचन्द पौडेलको गतिविधिले कार्यकर्ताहरुलाई निराश बनाएको दाबी गरेका हुन । तनहुँको डुम्बे्रमा क्षेत्रीय सभापति भिमबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जोशीले विश्व मजदुर दिवसको दिन ¥यालीमा सहभागी भएका केही उत्श्रृङ्खल ब्यक्तिहरुको समूहले नेपाली काँग्रेसको जिल्ला कार्यसमितिको कार्यालय तोडफोड गरेको बताए । सो आक्रमण नियोजित रुपमा भएको जोशीको भनाई छ ।
¥यालीमा हिड्ने केही उत्श्रृङखल ब्यक्तिहरुले नेपाली काँगे्रसका राष्ट्रिय नेताहरु, वीपी कोइराला, सूवर्ण शमशेर , गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाको तस्विर च्यातेर तोडफोड गर्नु दुःखत भएको जोशीले बताए ।
आफ्नै नेताहरुको तस्विरमा लात्ताले हानेर अपमान जनक ब्यवहार गर्नेमाथि प्रश्न गदै उनले तिनीहरुलाई काँगे्रस कार्यकर्ता भन्न लाज लागेको उल्लेख गरे । वीपी कोइरालाको सिद्धान्त तथा नेपाली काँगे्रसको विचारलाई वरिष्ठ नेता रामचन्द पौडेलले लत्याएकै कारण पौडेलको राजनीति धरासायी बनेको नेता जोशीले बताए । यदी तनहुँ काँगे्रसलाई बलियो बनाउने हो भने विशेष अधिवेशनबाट गठित काँगे्रसलाई एकै ठाउँमा अटाउने वातावरण श्रृजना गरी जिल्ला र राष्ट्रको हितको लागि कार्य गर्न नेपाली काँगे्रसको केन्द्रीय नेत्रित्वलाई नेता जोशीले आग्रह गरे ।
कार्यक्रममा नेपाली काँगे्रस जिल्ला कार्यसमिति तनहुँका सभापति डिल्लीराम अधिकारी, सचिव चिनु पोखरेल, कोषाध्यक्ष बालकृष्ण पौडेल, क्षेत्र नंवर १ का क्षेत्रीय सभापति धुव्रकुमार श्रेष्ठ, इनकन खनाल, रुद्रनाथ पौडेल, हेमलाल श्रेष्ठले बोलेका थिए ।  क्षेत्र नंवर १ का क्षेत्रीय उपसभापति प्रितम गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव राजु बानियाँले गरेका थिए ।
भिडियो

nema
Show More

Related Articles

Back to top button