समाचार

चितवन मेडिकल कलेजमा पठनपाठन सुचारु

५ असोज, काठमाडौैँ÷ लामो समयदेखि शुल्क विवादका कारण पठनपाठन ठप्प रहेको चितवन मेडिकल कलेजमा आइतबारबाट पठनपाठन सुचारु भएको छ । शनिवार भएकोे सर्वपक्षीय वार्तामा कलेज प्रशासनले बढी लिएको शुल्क र विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमती भएपछि आज बाट पढाइ सुचारु भएको हो । सहमति अनुसार कलेजले विद्यार्थीबाट बढी लिइएको रकम ३० दिनभित्र फिर्ता गर्नुपर्नेछ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र नेपाल सरकारसँग भएको सहमति अनुसार कार्तिक १८ गतेभित्र रकम फिर्ता गर्ने तय भएको हो । यसैगरी रसिद नलिइकन विद्यार्थीसँग पैसा लिइएको सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति समेत गठन गरिएको छ । अन्य आन्तरिक विवादमा भने विद्यार्थी र कलेज प्रशासन मिलेर वार्ताको माध्यमबाट समाधान खोज्ने सहमति भएको छ ।

nema
Show More

Related Articles

Back to top button