समाचार

तरुण दल तिहारपछि सरकारका गलत कदम विरुद्ध सडकमा उत्रिने

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारपछि सरकारका गलत कदम विरुद्ध सडक संघर्षमा उत्रिने भएको छ ।
शनिबार ६५ औं तरुण दिवस मनाउँदै गर्दा त्यसको पूर्वसंध्यामा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तिहारपछि सडक संघर्षमा उत्रने बताए ।
बलात्कार र हत्याराका अपराधीलाई केही पनि कार्वाही नगरेको आक्रोश पोख्दै निर्मला बहिनीका बलात्कारी र हत्यारा पक्राउ परेका छैनन्, यो सरकारले अपराधी लुकाउने र अपराध बढाउने खेल गर्यो—उनले भने ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा असहयोग गर्ने र लापरवाही गर्ने दुई प्रहरी अधिकारीलाई गृह मन्त्रालयले बर्खास्त गरेको थियो ।
सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको आरोप लगाउँदै अध्यक्ष बस्नेतले अब कुनै पनि हालतमा विपक्षीले आप्mनो भूमिका निभाउने र सशक्त आन्दोलन गर्ने पनि बताए ।
तरुण दल सशक्त भइसकेको बस्नेतको दावी छ ।

nema
Show More

Related Articles

Back to top button