समाचारनेपाली कांग्रेस

विरोधी कार्यकर्तालाई तर्साउन मलाई कारबाही गरियो : गोविन्दराज जोशी

बाह्रखरी
 
काठमाडौं ।
नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधि कार्यकर्तालाई तर्साउन आफुलाई कारबाही गरिएको टिप्पणी गरेका छन् ।
आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफूमाथि कारबाही भएको बताएका छन् । बिहीबार न्यूज एजेन्सी नेपालका संबाददातासँग कुरा गर्दै नेता जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमकाविरुद्धमा बोल्नेलाई तर्साउन आफूलाई कारबाही गरिएको बताएका हुन् ।

उनले भने, “मैले त अन्यायको विरुद्ध धेरै अगाडि देखि बोलिराखेको छु । यिनिहरुलाई के रैछ भन्दाखेरी गोविन्दराज जोशीलाई अट्याक गर्ने कुरामा निर्णय गर्ने एउटा कुरा हो । मलाई अट्याक गरिसकेपछि अरुलाई तर्साउन सजिलो भयो ।”
नेता जोशीले आफूमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए ।
उनले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए ।

nema
Show More

Related Articles

Back to top button