समाचार

आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले दिए राजिनामा

२४ जेठ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् ।
जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार पत्रकार सम्मेलन गरि राजिनामा दिएका हुन ।
खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारी बिहीन बनाएको थियो ।
कार्यकाल ६ महिना हुँदा राजीनामा दिएका खड्काले निगमलाई मार्गप्रशस्त गर्न यस्तो निर्णय जनाएका छन ।
उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाए । ‘
खड्काले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको भन्दै आक्रोस पोखे ।
खड्काले पत्रकार सम्मेलन गरेर आफूलाई गलत तत्वले मन्त्रालयमा ल्याएर थन्काएको आरोप लगाए
नौ महिनासम्म मन्त्रालयमा सहेरै विना जिम्मेवारी बसेको तर, अब सहन नसकिने अवस्था आएपछि राजीनामा दिएको तर्क गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button