breakingसमाचार

काँगे्रसको जागरण अभियानः ३१ हजार भन्दा बढी कार्यकर्ता भित्रिएको दाबी

काठमाडौं । नेपाली कांग्रेसले एक महिनासम्म देशव्यापी रुपमा सन्चालन गरेको पहिलो चरणको जागरण अभियानमा विभिन्न दलहरुबाट काँगे्रसमा प्रवेश गर्ने कार्यकर्ताको संख्या ३१ हजार बढी छ । बिहीबार केन्द्रीय कार्यालयमा सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले अभियानका क्रममा सत्तारुढसहित अन्य दलहरुबाट कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या ३१ हजार ६सय ४२ रहेको बताए ।
नेपाली कांग्रेसले आफूलाई नवीन ढंगले अघि बढाउन कार्यकर्ताहरुको सुझाब आएको उनले बताए ।
संविधान, संघीयता र लोकतन्त्रको रक्षा एवं सम्बद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने सुझाव आएको बताइएको छ ।
शर्माले जागरण अभियानका क्रममा पार्टीलाई घरेलुजीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझाव प्राप्त भएको जानकारी दिए ।
शर्माले नेवि संघ, तरुण दललगायतका भातृ संगठनलाई पनि चाँडै पूर्णता दिने बताए ।
दोस्रो चरणअघि नै केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षण कार्यक्रम गरिने पनि उनले बताए ।
कांग्रेसको दोस्रो चरणको अभियान आगामी भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्ने घोषणा गरिसकेको छ ।

nema
Show More

Related Articles

Back to top button