समाचार

सुनको मूल्यले बनायो नयाँ किर्तिमान : तोलाकै ८२ हजार पाँच सय

२३ फागुन,काठमाडौैँ÷ सुनको मूल्यले नयाँ किर्तिमान रचेको छ । आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको हो । हिजो ८० हजार ७ सयमा कारोबार भएको सुन आज एकैदिन प्रतितोला १८ सयले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको हो । हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर तोलामा अहिलेसम्मकै महँगो ८२ हजार पाँच रुपैयाँ पुगेको हो । चाँदी भने तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button