breakingसमाचार

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आइतबार बस्ने, शुक्रबारको बैठक बाढीपहिरोमा केन्द्रीत

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि(आइतबार) विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने भएको छ । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठक भने बाढीपहिरोमा केन्द्रित भएको छ । अविरल वर्षा र पहिरोका कारण मुलुकको विभिन्न भागमा दजनौैँको मृत्यु भएकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुःख व्यक्त गरेको छ ।
ज्यान गुमाएका नागरीकको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । मुलुकभरिमा कतिपय नागरिकको घरखेत नष्ट भएको, विभिन्न स्थानमा मूख्य राजमार्ग अवरोध भएको, आम जनजीवन अस्तव्यस्त भएको तथा कैयौं नागरिकको जीउ–धन र भौतिक पूर्वाधार समेत जोखिममा परेको गम्भीर परिस्थितिलाई ध्यानमा राखी बैठकले आवश्यक उद्धारका कार्यमा सक्रियतापूर्वक लाग्न पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको छ ।
बैठकले नेपाल सरकारलाई सम्बन्धित प्रदेश र स्थानीय तहका सरकारहरु समेतको समन्वय र सहयोगमा उद्धार र राहतको कार्यमा राज्यका सबै निकायहरुलाई युद्धस्तरमा परिचालन गर्न माग गरेको छ । प्राकृतिक विपतको यस घडीमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै एकजुट भई विपत व्यवस्थापनमा जुट्न यो बैठक अपिल गरेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकमा ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ का सन्दर्भमा पनि छलफल भएको छ ।
बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा। रामशरण महत, नरहरि आचार्य, डा। मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, डा। शेखर कोइराला, नविन्द्रराज जोशी, रत्न शेरचन, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, जीवन परियार, किरण यादव, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button