समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

२२ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा हिजो मिर्गौलाको सफल प्रत्यारोपण गराइएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको हो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । प्रधानमन्त्री ओलीलाई आज बिहान कालो चिया खुवाइएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।
अन्य जठिलता नआए प्रधानमन्त्री ओलीलाई एक सातापछि डिस्चार्ज गरिनेछ ।
यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, सांसद तथा उच्च पदस्थ अधिकारी तथा शुभचिन्तक अस्पताल पुग्ने क्रम जारी छ ।
आज विहानै प्रधानसेनापति पुर्णचन्द्र थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तथा विभिन्न सांसदहरु समेत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । अस्पतालले प्रधानमन्त्री ओलीको दैनिक स्वास्थ्य अपडेट प्रत्येक दिन दिउँसो ४ बजे पत्रकार सम्मेलन मार्फत जानकारी गराउने सल्लाहकार थापाले जानकारी दिनुभयो ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्रीको हिजो अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button