breakingसमाचार

आपूर्ति बन्द गर्ने ग्यास उद्योगीको चेतावनी

काठमाडौं÷ ग्यास उद्योगीले पुनः सेवा बन्द गर्ने चेतावनी दिएका छन्। अत्यावश्यक सेवा ऐनले ग्यास उद्योगीलाई आन्दोलनको वा सेवा बन्द गर्ने छुट नदिए पनि आफ्ना माग पूरा गर्नको लागि सेवा बन्द गर्ने चेतावनी ग्यास उद्योगीले दिएका हुन ।

बुधवार एक साताको समय दिएर त्यो समयमा आफ्ना विगतदेखिका माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। २०७३ सालदेखि राख्दै आएका १० बुँदे माग पूरा नभए ग्यास बोटलिङ प्लान्ट बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम उद्योगीले घोषणा गरेका छन्। १७ फागुनदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर ९पिडिओ० खरिद नगर्ने, फागुनदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, २५ फागुनदेखि भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, २८ फागुनदेखि सबै ग्यास उद्योग बन्द गर्ने र ३० फागुनदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री गर्ने हडतालका कार्यक्रम घोषणा गर्ने नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवानन्द चन्दले बताए। ग्यास उद्योगीले सञ्चालन खर्चको कम्तिमा पाँच प्रतिशत नाफा सुनिश्चितता गर्न, नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालन गर्न लगायतका माग गरेका छन्। त्यस्तै ग्यासको कोटा वृद्धि गर्नु पर्ने माग पनि संघको रहेको छ। संघका अध्यक्ष गोकुल भण्डारीले बाध्यत्मक अवस्था आएको कारण आन्दोलन गर्नु परेको बताए। ु

Show More

Related Articles

Back to top button