विश्व

अमेरिकी संसदले न्यूनतम् ज्याला १५ डलर तोक्यो

वासिङ्टन, साउन ३ । डेमोक्र्याटिक पार्टीको वर्चश्व रहेको अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले संघीय न्यूनतम् ज्याला सन् २०२५ सम्ममा प्रतिघन्टा १५ अमेरिकी डलर बनाउनेसम्बन्धी विधेयक पारित गरेको छ ।
तर, रिपब्लिकन पार्टीको वर्चश्व रहेको माथिल्लो सदन ‘सिनेट’ले भने उक्त विधेयक पारित नगर्ने सम्भावना बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो ।
विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए ।
यो विधेयक स्वीकृत भइ लागू भएमा न्यूनतम् ज्याला दोब्बर हुनेछ । हाल अमेरिकामा न्यूनतम् ज्याला प्रतिघन्टा ७ दशमलव २५ डलर छ ।
अमेरिकामा न्यूनतम् ज्याला सन् २००९ यता परिवर्तन भएको छैन ।

nema
Show More

Related Articles

Back to top button