विश्व

श्रीलंका आक्रमणका मुख्य नाइके मारिएको दाबी, प्रहरी प्रमुख र रक्षा सचिवद्धारा राजीनामा

कोलम्बो÷ श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत आइतवार २५३ जनाको मृत्यु हुने गरी भएको आत्मघाती बम विस्फोटका मुख्य नाइके मानिएका जाहरन हास्इमको मृत्यु दाबी गरेका छन् ।
साङ्ग्रीला होटलमा आक्रमणका क्रममा स्थानीय लडाकू समूहका नाइके हास्इमको मृत्यु भएको सिरिसेनाको दाबी छ ।
उनलाई इलहाम इब्राहिम नाम गरेका दोस्रो आत्मघाती आक्रमणकारीले सहयोग गरेका थिए ।
सो सूचना घटनास्थलको सिसिटिभि भिडियो र सैन्य गुप्तचर एजेन्सीहरुको सूचनामा आधारित भएको सिरिसेनाले बताएका हुन्।
नेशनल थोहिथ जमात नामक उक्त संस्थाले नै आक्रमण गराएको भन्दै श्रीलंकाली सरकारले हसिमको तीव्र रुपमा खोजी भइरहेको बताएको थियो।
इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको दाबी गर्दै जारी गरेको भिडियोमा हास्इमसमेत देखापरेका थिए।
यसैबीच, सिरिसेनाले श्रीलंकाका प्रहरी प्रमुख पुजिथ जयसूर्याले राजीनामा दिएको बताएका छन्। अन्तर्राष्ट्रिय एजेन्सीहरुबाट आक्रमण हुन सक्ने सूचना हुँदाहुँदै सचेतता नअपनाएको आरोप पुजिथले खेप्दै आएका थिए। बिहीबार श्रीलंकाली रक्षा सचिव हेमारिसि फर्नान्डोले समेत राजीनामा दिएका थिए।

nema
Show More

Related Articles

Back to top button