विश्व

विश्वकप फुटबल सुरु हुन १० दिन बाँकी÷ अभ्यास खेलमा ब्राजिलले क्रोएसियालाई २—० ले हरायो ।

२१, जेष्ठ काठमाडौ÷
विश्वकप फुटबल सुरु हुन १० दिन मात्रै हुँदै गर्दा विश्वकपमा छानिएका सबै ३२ टोलीहरु यतिवेला अन्तिम तयारी र अभ्यास खेलमा व्यस्त रहेका छन् ।
रुसमा यहि जेष्ठ ३१ गतेदेखि सुरु हुने विश्वकपको अभ्यास स्वरुप गएराति खेलिएको खेलमा ब्राजिलले क्रोएसियालाई २—० ले पराजित गरेको छ । खेलमा ब्राजिललाई विजयी गराउन नेईमार र फर्मिनोले एक–एक गरेका हुन । विश्वकप तयारीकै लागि खेलिएको अर्को खेलमा स्पेनलाई स्विट्जरल्याण्डले एक–एक गोलको बराबरीमा रोक्न सफल भयो ।
खेलमा स्पेनका अल्भारो ओड्रियोजोलाले एक गोल गर्दा स्विट्जरल्याण्डका रिकार्डो रोड्रिग्वेजले बराबरी गोल गरेका थिए । गएराति भएका अन्य मैत्रिपूर्ण खेलमा पेरुले साउदी अरेबियालाई ३—० ले हराउँदा कोस्टा रिकाले नर्दन आयरल्याण्डमाथि ३—० कै जित निकाल्यो । युक्रेनले अल्बानियालाई ४÷१ ले पराजित गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button