विश्व

पाकिस्तानलाई अमेरिकाको अर्को चेतावनी

इस्लामावाद। मानव ओसारपसार बिरुद्ध चित्तबुझ्दो काम गरेको नपाइए पाकिस्तानलाई दिइदै आएको अर्वौ रुपैयाँको अनुदान रोक्न सक्ने भन्दै अमेरिकी प्रसासनले पाकिस्तानलाई चेतावनी दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रसासनले पाकिस्तानलाई मानव वेचविखन तथा ओसारपसार विरुद्ध काम गर्न भन्दै बएको छ।
अमेरिकाले यहि बर्षको जनवरीमा करिव २ अर्व डलरको सुरक्षा सहयोग रद्ध गरे लगत्तै पाकिस्तानलाई अमेरिकाको यो अर्को चेतावनी आएको हो। अफगानिस्तानमा आक्रमण गर्दै आ एका पाकिस्तानमा रहेका अफगान विद्रोहीहरुलाई रोक्न असफल भएपछि अमेरिकाले पाकिस्तानलाई कार्वाही स्वरुप सुरक्षा सहयोग रोकेको थियो। सैन्य सहयोग रोकेको अमेरिकाले नागरिक सहायता समेत रोक्ने तयारी गरेको अमेरिकी प्रसासनको उच्च स्रोतलाई उदृत गर्दै रोयटर्सका समाचारदाताहरुले समाचार लेखेका छन्।
अमेरिकाले सैन्य सहयोगका अतिरिक्त सन् २०१७ मा नागरिक सहयोग अन्तर्गत २६ करोड पचास लाख अमेरिकी डलर पाकिस्तानलाई सहयोग गरेको थियो। पाकिस्तानमा रहेको अमेरिकी दुतावासले पाकिस्तान सरकारको भुमिकाका आधारमा सहयाता रकम कटौती हुनसक्ने बताएको छ।
पाकिस्तान सरकारको अर्थतन्त्रको आधारमा अमेरिकी सहायता कटौती रकम निकै कम भएपनि अमेरिकी प्रसासनले पाकिस्तानमाथि कडाइ गर्दा अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैङक जस्ता संस्थाहरुले पनि पाकस्तानलाई नयाँ सहायता रकम स्विकृतीमा कडाइ गर्न सक्ने छन्, यसको सोझो असर पाकिस्तानको अर्थतन्त्रमा पर्न सक्छ।
अमेरिकीले मानव ओसारपसारमा पाकिस्तानले राम्रो भुमिका निर्वाह गर्न नसकेको भनेर एकातिर दवाव दिइरहेको छ भने अर्कातिर पाकिस्तानलाई प्रतिआतंकवाद कार्यमा थप अग्रसर हुन दवाव दिइरहेको छ।
पाकिस्तानले भने आफूहरुले मानव ओसारपसार विरुद्ध काम गरिरहेको बताएको छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री आसान इक्वालले राजनीतिक उद्धेश्यका साथ मानव वेचविखन तथा ओसारपसारको कार्यलाई देखाएर कुनै पनि राष्ट्रलाई दवाव बढाउन नहुने बताएका छन्।
अमेरिकी प्रसासनले पाकिस्तानले देखिने गरि मानव वेचविखन र ओसारपसारमा चित्तबुझ्दो काम नगरेको वस्थामा अनुदान कटौती सामना गरुनुपर्ने बताएका छन्। भविष्यमा पाकिस्तानले आतंकवादसँग कसरी लड्छ, अवैध रुपमा मानव ओसारपसार तथा वेचविखन विरुद्ध उसको भुमिका के हुन्छ, आधुनिक दासता र वाल सैन्यमा रोक्ने भुमिकालाई पनि हेरेर पनि नागरिक सहायता र अनुदानको रकम तय गर्ने पनि अमेरिकी प्रसासनले भनेको छ।
nema
Show More

Related Articles

Back to top button