विश्व

कम्युनिष्ट र समाजवादीलाई अमेरिका छाड्न ट्रम्पको चेतावनी

३१ असार÷ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् ।
एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न भनेका छन् ।
खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीमाथि समेत एकसाथ प्रहार गरेपछि राष्ट्रपति ट्रम्प फेरि विवादमा मुछिएका हुन ।
ट्वीटमा ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने सचेत गराउँदै यसमा खुशी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको र त्यो उनीहरुको एक्लो छनौट हुने बताए ।
केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी र अलकायदा समर्थक रहेको आरोप समेत लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजिएको आरोप लगाए ।
अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै ट्रम्पले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम गरिएको जिकिर गरेका हुन् ।
 

 
 
 
 
 
 
 

nema
Show More

Related Articles

Back to top button