समाचारसमाज

पहिरोले घर बगाउँदा गोरखा र पर्वतमा ४ जनाको मृत्यु÷६ जना घाइते

२ साउन , काठमाडौैँ÷ गोरखामा र पर्वतमा पहिरोले घर बगाउँदा गयराति चार जनाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका वडा नम्बर ६ मा रहेको नवराज कुँवरको घर पहिरोले बगाउँदा कुँवरका १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताउनुभयो । नौ महिने छोरासहित सरु पाहुना बस्न आउनु भएका समय पहिरोले घर बगाउँदा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
उता, पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ मा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । पहिरोमा पुरिएर १६ वर्षीय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टटमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरूको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण त्यहाँका १५ घर जोखिममा परेका छन् । सर्वसाधरणहरू नजिकैको विद्यालयमा आश्रय लिएर बसेका छन् ।

nema
Show More

Related Articles

Back to top button