समाचार

स्ववियु निर्वाचन स्थगित गरिएकोप्रति नेविसंघको आपत्ति

७ फागुन
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिमा विषेश कारण देखाउँदै हिजो अर्को निर्णय नभएसम्मका लागि निर्वाचन स्थगित गरेको थियो । नेविसंघका महामन्त्री दीपक भट्टराईले विज्ञप्ति जारी गर्दै सरकार र त्रिभुवन विश्वविद्यालयले षड्यन्त्रपूर्ण रुपमा निर्वाचन स्थगित गरेको आरोप लगाउनुभएको छ । नेविसंघले विश्वविद्यालयले निर्वाचनका सम्बन्धमा विद्यार्थी संगठनसँग कुनै छलफल नै नगरी स्थागित गरेको पनि जनाएको हो ।

nema
Show More

Related Articles

Back to top button