समाचार

चीनको नाका रसुवागढीसम्म को सडक सेनाले ग¥यो सम्पन्न

६ जेठ, रसुवा । नेपाली सेनाले चिनियाँ नाका रसुवागाढी जोड्ने गरी १७ किमीको मैलुङ(स्याफ्रुबेसी सडक निर्माण सम्पन्न गरेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडकको आइतबार रक्षा मन्त्री इश्वर पोखरेलले उद्घाटन गर्नुभएको हो ।
सडक सञ्चालनमा आएपछि राम्चेको पहिरोको अप्ठेरो सडक हुँदै रसवागढी जानुपर्ने बाध्यता हटेको छ । अब मैलुङबाट स्याफ्रुसम्म सेनाले बनाएको नयाँ सडकबाटै यात्रा गर्न सकिन्छ ।
चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने यो मैलुङ(स्याफ्रुबेसी सडक सेनाले अब सडक विभागलाई हस्तान्तरण गर्नेछ । दुई लेनको यो सडक निर्माण २०७२ को बैशाखबाट निर्माण सुरु गरेको थियो ।
सुरुमा सिङ्गल लेनको ७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सेनाले भूकम्प पछि थप १० किलोमिटरसहित दुई लेनको सडक निर्माण गर्ने जिम्मेवारी पाएको थियो ।
नेपाली सेनाका अनुसार मैलुङ(स्याफ्रुबेसी सडक निर्माणका लागि ७० करोड ६९ लाख ९० हजार खर्च भएको छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक भन्दा यो सडक २५ किलोमिटर छोटो छ ।
बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटरको सडक पार गर्नुपर्छ ।

nema
Show More

Related Articles

Back to top button