breakingसमाचार

भारतीय मिडियाको दाबी ः भारतको ७१ सय हेक्टर जमिनमा नेपालको कब्जामा

काठमाडौं÷ भारतको सात हजार एक सय हेक्टर जमिनमाथि नेपालले नियन्त्रण गरेको समाचार भारतीय अखवारमा छापिएको छ । भारतीय पत्रिका दैनिक भास्करले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७ हजार एक सय हेक्टर जमिन नेपालले कब्जा गरेको दावी गरिएको छ।
मंगलबारको छापिएको रिपोर्टमा नेपाललाई भारतले मित्र मानेर अँगालो हालेको छ, उही मित्रले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७१०० हेक्टर जमिन कब्जा गरेको उल्लेख छ । यो शिलशिला अझै बढ्दै गएको पत्रिकाले दाबी गरेको छ ।
बालमिकीनगरमा सुस्ता, बाल्मिकी टाइगर रिजर्वको जंगल र गोवर्द्धनमा शिवालिक क्षेत्रको पहाडसहित कतिपय इलाकामा नेपालको अवैध कब्जा बढेको समाचारमा उल्लेख छ । यही मौकामा दोहोरो नागरिकता लिनेहरू पनि बढेको दावी उसको छ । जंगलबाट करोडौँ रुखहरू नेपालीहरुले काटेको समाचार छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button