breakingसमाचारनेपाली कांग्रेस

आज ७० औैँ प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना

७ फागुन, काठमाडौैँ÷ सरकारले ७० औैँ प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति रहेको थियो । प्रजातन्त्त दिवसको अवसरमा सात वटै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् ।
 
कार्यक्रममा सम्बोधन गदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्धिको यात्रामा नकारात्मक सन्देश फैलाएर अवरोध गर्न खोजिएको आरोप लगाउनुभएको छ । आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा चर्चा गर्नुभएका प्रधानमन्त्री ओलीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुने उहाँको विश्वास छ । प्रधानमन्त्री ओलीले कूटनीतिमा वर्तमान सरकारले सफलता हासिल गरेको समेत बताउनुभएको छ ।
यसैबीच, प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
 
यस्तै, राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको अवसर पारेर ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आजदेखि लागु हुने गरि ३२९ जना कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिनुभयो ।
 
१०४ वर्षीया जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।
 
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरेपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भएका थिए । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

nema
Show More

Related Articles

Back to top button