समाचार

भुक्तानि नदिएको विरोधमा मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार

३ माघ, काठमाडौैँ÷ भुक्तानि नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार गरेपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएका छ ।
आज जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरिरहेका संघर्ष समितिका पदाधिकारीहरुले आफुहरुले गरेको विकास निर्माणको काम वापत भुक्तानी नदिएको भन्दै विरोधमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश ठाकुर र शंकर साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसअघि उनीहरुले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुको भुक्तानी नगरिएको भन्दै भौतिक पूर्वाधार विकास कार्यालयमा गत सोमबार तालाबन्दी गरेका थिए ।
गत आर्थिक वर्षमा ५ सय ९० योजनाको करिव ९२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button