breakingसमाचार

अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खसेर बेपत्ता भएका ४ जनाको ३९ घण्टापछि जीवितै उद्धार

३ असार, खाँदबारी ÷अरुण तेस्रो परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा बेपत्ता भएका चारजनाको ३९ घण्टापछि सकुसल उद्धार गरिएको छ । शुक्रबार राति करिब ८ः४० बजे पहिरो खस्दा बेपत्ता भएका दुई भारतीयसहित चारजनाको जीवितै उद्धार गरिएको हो ।
बेपत्ता भएका कालिकोटका कामदार ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका(१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत विहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोरको जीवितै उद्वार गर्न सफल भएको हो ।
मकालु ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो।
पहिरो नरोकिँदा र वर्षा पनि भइरहँदा उद्धारमा समस्या देखिएको थियो । सुरुङमार्ग निर्माण भइरहेको स्थानमा माथिबाट पहिरो खसेको थियो। शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाए पनि फसेकालाई निकाल्न सकिएको थिएन । लामो समयको प्रयासपछि आइतबार बिहान साढे ११ बजे उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button