समाचार

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा सीआईबी टोलीले मिसिल बुझायो

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीको टोलीले चितवनस्थित सरकारी वकीलको कार्यालयमा मिसिल बुझाएको छ ।
मिसिलमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाइएको छ ।
घटनाको अनुसन्धान गर्न सिआइबीका प्रहरी उपरीक्षक दिपक रेग्मी नेतृत्वको टोली चितवन गएको थियो ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तर्गत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा मिसिल पेश गर्न लागेको बताए ।
पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो भने रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट नियन्त्रणमा लिएको थियो ।
पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।
टेलिभिजन प्रस्तोता लामिछानेलाई रिहाईको माग गदै चितवनमा ब्यापक प्रदर्शन भएको छ ।

nema
Show More

Related Articles

Back to top button