समाचार

सूचना प्रविधि विधेयक विरुद्ध ७७ वटै जिल्लामा काँगे्रसले विरोधपत्र बुझाउने

३ माघ, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध ७७ वटै जिल्लाबाट विरोधपत्र बुझाउने तयारी गरेको छ । कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत आइतबार विधेयक फिर्ताको माग राख्दै सरकारलाई विरोध पत्र बुझाउने भएको हो ।
यसअघि पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गर्न लागेको भन्दै पुस २८ गते जिल्ला प्रशासन कार्यालयहरुमार्फत सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेको थियो ।
पार्टीको आन्तरिक विवाद चुलिएपछि संस्थापन इतर समूह निकट विभिन्न जिल्लाका सभापतिहरु काठमाडौं आउनुभएका कारण पूर्वनिर्धारित समयमा विरोध पत्र बुझाउने निर्णय कार्यान्वयन हुन सकेको थिएन । काठमाडौं आउनुभएका जिल्ला सभापतिहरु गृहजिल्ला फर्किन समय लाग्ने भएकाले सल्लाह बमोजिम नै आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमार्फत विरोध पत्र बुझाउन लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button