समाचार

नेपाल प्रहरीले ७९ एसपीको सरुवा ग¥यो

२३ बैशाख, काठमाडौैँ÷नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो । कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा ल्याइएका छन् । त्यहाँ महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा कार्यरत ओमबहादुर राना सरुवा भएका छन् ।
कैलालीका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी प्रहरी प्रधान कार्यालयको युएन जगेडा शाखामा सरुवा भएका छन् । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयका विनोद घिमिरेलाई स्थानान्तरण गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा रहेका दानबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षको सचिवालयमा सरुवा भएका छन् । पर्साका प्रहरी प्रमुख डा. गणेश रेग्मी महानगरीय प्रहरी पहरा गण सामाखुशी सरुवा भएका छन् । त्यहाँ ट्राफिक प्रहरी महाशाखाका एसपी रेवती ढकाललाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लोकेन्द्र श्रेष्ठ सरुवा भएका छन् । मकवानपुरका प्रहरी प्रमुख विकासराज खनाल सुन तस्करीमा संलग्नताको अभियोगमा निलम्बित छन् । उनलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासी सरुवा गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहेका जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका छन् ।

nema
Show More

Related Articles

Back to top button