समाचारअन्तर्वार्तानेपाली कांग्रेस

कांग्रेस धनुषामा जबरजस्ती सभापति घोषणा गरेको आरोप

२ जेठ, जनकपुरधाम । नेपाली काङ्ग्रेस धनुषा जिल्लाको १३ ओं अधिबेशनमा विवाद सिर्जना भएको छ । केन्द्रीय नेताहरुले छलछाम गरी जवरजस्ती परिणाम घोषणा गरेको आरोप लागेपछि बिवाद सुरु भएको हो ।
अध्यक्षका प्रत्यासी रामपल्टन साह, यज्ञराज खाती लगायतले पत्रकार सम्मेलन गरी अधिबेशनको क्रममा रातरात जवरजस्ती कांग्रेसको भापति घोषणा गरिएको आरोप लगाएका छन् ।
साहले कांग्रेसका बिमलेन्द्र निधि, आनन्द ढुङ्गाना, महेन्द्र यादब, रामसरोज यादब लगायतहरुको गुटउपगुट तयार गरी हस्तागरको दुरुपयोग गरेर आफू निकट नेता कार्यकर्ताहरुलाई सभापति बनाएको आरोप लगाए ।
कोइराला र देउवा गुटको कारण सहमति गर्ने भन्दै गरिएको हस्ताक्षरलाई दुरुपयोग गरी आफू निकटहरुलाई पदमा निर्वाचित गरिएको आरोप साहको छ ।
अधिबेशनमा किसान, मजदुर, मधेसको अस्मितामाथि कुनै छलफल नै नगरी नेता बिमलेन्द्र निधि, आनन्द ढुङ्गाना, महेन्द्र यादब लगायतले आफुखुशी नेतृत्व चयन गरेको भन्दै पुनः अधिबेशन गराउन माग गरेका छन् ।
अधिबेशनमा तत्कालका कार्यसमितिले आफ्नो कार्यकालको प्रगति प्रतिबेदन साथै भाबी योजना नीति, आर्थिक प्रतिबेदन, लेखा परीक्षण गराइएको प्रतिबेदन समेत प्रस्तुत नगरी अधिबेशन गराएको गरेको भ्रष्टाचार ढाकछोप गर्ने कार्य गरेको उनको आरोप छ ।
आफूले पदको लागि उम्मेदवारी नदिएको भन्दै कांग्रेसलाई बचाउन आफ्नो उम्मेदवारी भएको उनको तर्क थियो । कांग्रेस नेता युवराज खातीले साधरन सभानै बाइपास गरि किर्ते हस्ताक्षर गरि साधरन सभा गरी जिल्ला अधिबेशन गरेको आरोप लगाए ।
खुल्लेआम गिरोह संचालन गरि पार्टी कब्जा गरेको उहाको आरोप छ । जिल्लाका केही केन्द्रीय सदस्यहरुले सहमतिको नाममा आफूखुशी गरेर गिरोह संचालन गरेको बताए । मंगलबार सम्पन्न जिल्ला अधिबेशनले महेश शकर गिरिलाई सभापतिमा चयन गरेको थियो ।

२०७५ जेठ २ गते १७:५६ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button