समाचारसमाज

नेपालको श्रोत विदेशीलाई बेचरे समृद्धी आउँदैनः एकराज भण्डारी

७ जेष्ठ, काठमाडौैँ ÷नवगठित नेपाल कम्युनिष्ट पार्टीबाट संवृद्धिको सपना देख्न नसकिने राजनीतिक विश्लेषक एवं अधिवक्ता एकराज भण्डारीले बताउनुभएको छ । राजधानीको एक रेडियोमा कुराकानी गदै उहाँले नेपालमा रहेका प्राकृतिक सम्पदालाई कसरी सदुप्रयोग गर्ने भन्नेमा योजना नवनेको बताउँदै नेपालको श्रोतहरु विदेशीलाई बेचेर संवृद्धि नआउने ठोकुवा गर्नुभयो ।
विश्लेषक भण्डारीले पुष्पकमल दाहाले सेफल्यान्डिङको लागि एमालेसंग पार्टी एकिकरण गरेर नेपाल कम्युनिष्ट पार्टी गठन गरेको तर्क गर्नुभयो । उहाँले नवगठित नेकपाबाट जनताले परिवर्तनको महसुस गर्न नसक्ने तर्क गर्नुभयो । विश्लेषक देशको अर्थतन्त्र माफियाहरुको हातमा रहेको तथा यसलाई सरकारलेनै मलजल गरेको टिप्पणी गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button