समाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाज धनुषाको भेला सम्पन्न

धनुषा÷ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा वीपी विचार राष्ट्रिय  समाज धनुषाको भेला सम्पन्न भएको छ । समाजका धनुषा सभापति सुरेश कोइरालाको अध्यक्षतामा सम्पन्न भेलाले नरेश साहको सभापतित्वमा २१ सदस्यीय वीपी विचार राष्ट्रिय समाज मुसहरनिया गाउँपालिका समिति गठन गरेको छ ।
भेलाको उद्घाटन गदै जिल्ला सभापति कोइरालाले समुन्नत समाजको आधार गुणस्तरीय शिक्षा भएको बताए । सबै शिक्षित भए देशबाट गरिबी तथा विकृतिको अन्त्य हुने उनको दाबी छ ।
देशभर कृषि क्षेत्र पछि परेको दाबी गदै जिल्ला सभापति कोइरालाले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । कृषिलाई आधुनिकिकरण गर्ने हो भने विउविजत, मल, लागायतको समस्यालाई समाधान गर्नुपर्ने बताए ।
वीपी कोइरालाले अवलम्बन गरेको समाजवादको सिद्धान्तलाई सबैले अंगिकार गरे देश संवृद्ध हुने कोइरालाको दाबी छ ।
कार्यक्रममा समाजका जिल्ला सचिव धर्मनाथ यादव, शिक्षक नेता विजय चौधरी, राकेश दास, स्थानीय नेता बुद्ध यादव, विनोद यादव लगायतले धारणा राखेका थिए ।

nema
Show More

Related Articles

Back to top button