समाचार

आइका‌ओको कालो सूचीबाट हट्यो नेपाल

८ आषाढ , काठमाडौैँ÷अन्तर्राष्ट्रिय नागरिक उड्डयनले नेपालको वायुसेवालाई कालो सूचीबाट हटाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई कालो सूचीबाट हटाएको बताउनुभयो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा मन्त्री अधिकारीले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको बताउनुभयो ।
मन्त्री अधिकारीले सरकारको प्रयासबाट नेपाललाई हवाई सुरक्षा खतरा सूचीबाट हटाउन सफल भएको र युरोपियन युनियनबाट भने खतरा सूची नहटेको हुँदा त्यसलाई पनि छिटै हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गनर््भएको हो ।
नेपाल(जापान हवाई सम्झौता सन् १९९३ मा भएको र अहिले हप्तामा १४ उडानको व्यवस्था भएको उल्लेख गर्दै उनले संसारका जुनसुकै देशमा पुग्ने गरी आउने र जानसक्ने व्यवस्था हुनु महत्वपूर्ण उपलब्धि भएको र त्यसले गर्दा जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले नेपालगञ्ज(दिल्ली उडानका लागि आजै मात्र स्वीकृति दिएको र तीन(चार महिनाका बीचमा त्यहाँबाट हवाई सेवा सुरु हुने बताउँदै बुद्ध एयरको विमानले छिटै नै काठमाडौँ( दिल्ली परीक्षण उडान गर्ने तयारी रहेको जानकारी दिए।
दुर्गममा हवाई भाडाको पुनरावलोकन हुन नसकेको उल्लेख गर्दै उनले २०७३ सालको प्रस्तावित भाडादरलाई समसामयिक बनाउनुपर्ने बताए। मन्त्री अधिकारीले चार्टर एयरको हवाई सिण्डिकेट अन्त्य गरी यात्रुलाई सहज रुपमा आवतजात गर्ने व्यवस्था मिलाइएको बताउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थको काम तीव्र रुपमा अगाडि बढिरहेको र सो विमानस्थलमा १८० सिटसम्मका जहाज चलाउन सकिने उल्लेख गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button