breakingसमाचार

कांग्रेस विधान मस्यौदा समितिको बैठकमा पौडेल पक्ष अनुपस्थित

काठमाडौ÷ कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षधरका नेताहरुले बहिष्कार गरेका छन् ।
कांग्रेसले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै पौडेल पक्षका नेताहरु शुक्रबारको बैठकमा उपस्थित भएनन् ।
पहिले ९ सदस्यीय बनाउने भनिएको समिति ११ सदस्यीय बनाइएको र आफ्नो पक्षका व्यक्तिहरु कम परेकोमा पौडेल पक्षले असन्तुष्टि जनाएका थिए । बैठकमा सिटौला पक्षका प्रदिप पौडेलले भने काम विशेषले उपस्थिती हुन नसक्ने जानकारी गराएका थिए भने नवीन्द्रराज जोशी, दिलेन्द्र बडु उपस्थित भएका थिएनन् । पौडेल पक्षका मिनेन्द्र रिजाल भने बैठकमा उपस्थित थिए ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय मस्यौदा समिति गठन भएको हो । समितिमा डा। मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य छन् ।
शुक्रबार समितिका संयोजक एवम् पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
भदौं अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी कांग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो । मुलुक संघीयतामा गएपनि कांग्रेसले सोही अनुसारको पार्टी संरचना बनाउने विधान हालसम्म बनाउन सकेको थिएन ।

nema
Show More

Related Articles

Back to top button