breakingसमाज

वी.पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसमितिको बैठकमा के के निर्णय भयो ?

२३ भाद्र, काठमाडौैँ÷ वी।पी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसमितिको बैठक शनिवार बसेको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा आज बसेको बैठकले भोलि९आइतवार० वी।पी कोइरालाको १ सय ५ औैँ जयन्ती भब्यतापूर्वक मनाउने निर्णय गरेको छ । साथै बैठकमा देशको समसामयीक परिस्थितिको बारेमा छलफल भएको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।
आइतवार काठमाडौैँको धुम्रवराह पार्टी प्यालेसमा दिवसको उपलक्ष्यमा आयोजना हुने विशेष समारोहमा ‘नेपाली काँगे्रस सिद्धान्त र दृष्टिकोण’ नामक पुस्तक विमोचन हुने महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।
वी।पी विचार राष्टिय समाजका केन्द्रीय सभापति कुलबहादुर गुरुङको समुपस्थितिमा नेपाली काँगे्रसकी नेतृ पूर्वमन्त्री लीला कोइरालाले पुस्तकको विमाचन गर्ने कार्यक्रम रहेको चन्दले बताउनुभयो । पुस्तकमा नेपाली काँगे्रसको स्थापना कालदेखिका आरोह अवरोह लगायत काँगे्रसको सिद्धान्त र दृष्टिकोण बारे लेखिएको समाजले जनाएको छ ।
 
सुन्नको लागि यहाँ जानुहोला

nema
Show More

Related Articles

Back to top button