समाचारनेपाली कांग्रेस
कांग्रेसले चियापानको स्वरूप फे-यो
काठमाडौं, ललितपुर, भक्तपुरको जिल्ला कार्यसमितिले केन्द्रमै कार्यक्रम गर्ने भए पनि ७ कात्तिकमा अरू ७४ जिल्ला सदरमुकाममा पनि केन्द्रीय स्वरूपमै चियापान गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘३३ सालमा बिपी निर्वासनबाट फर्किएपछि ०३४ सालपछि राष्ट्रिय मेलमिलापका लागि दसैँको पूर्णिमाको दिन पार्टीको केन्द्रमा मात्र चियापान हुन्थ्यो,’ शर्माले भने, ‘४१ वर्षपछि केन्द्रबाट कांग्रेसको चियापान विकेन्द्रित हुँदै छ ।’
केन्द्रमा प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारीहरू, नागरिक समाज, पेसागत संघ–संगठनका प्रतिनिधि, कूटनीतिज्ञ, सर्वसाधारणलाई आमन्त्रित गरिने कार्यक्रमको स्वरूप जिल्लामा पनि यस्तै हुने उनले बताए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेश सांसद, दलका नेता, गाउँपालिका, नगरपालिकाका प्रतिनिधि, पेसागत संगठनका प्रतिनिधिसहितलाई बोलाइने उनले जानकारी दिए ।
केन्द्रमा जस्तै कोजाग्रत पूर्णिमाको दिन जिल्लाहरूमा पनि ७ असोजमा १ बजे नै कार्यक्रम सुरु हुनेछ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले ७४ वटै जिल्लालाई परिपत्र गरी ‘सामाजिक सद्भाव र सुसंस्कृत व्यवहार अभिवृद्धि गरौँ’ भन्ने नाराका साथ शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम गर्न सर्कुलर गरेका छन् ।
कांग्रेस बदलिएको संकेत
केन्द्रबाट जिल्लामा पनि चियापानको परम्परा सुरु गरेर कांग्रेसले आफूलाई बदलेको संकेत गरेको शर्मा बताउँछन् । ‘हामीले ४१ वर्षसम्म एउटा अभ्यास ग¥यौँ, तर अब कांग्रेस बदलिँदै गएको सन्देश हामीले दिन खोजेका हौँ,’ उनले भने, ‘यसकारण हामीले चियापानलाई विकेन्द्रित पनि गरेका हौँ ।’
केन्द्रीय समिति दसैँपछि
कांग्रेस केन्द्रीय समिति बैठक अब दसैँपछि बस्ने भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद लगाएसँगै बढेको विवाद र नेताहरूको व्यस्तता बढेपछि केन्द्रीय समितिको बैठक दसैँपछि बस्न लागेको हो । आन्तरिक विवाद र नेताहरू चाडपर्वको शुभकामना कार्यक्रममा जिल्लातिर लागेपछि केन्द्रीय समिति दसैँपछि मात्र बस्ने बुझिएको छ । कांग्रेस प्रवक्ता शर्माले केन्द्रीय समितिको बैठक अब दसैँपछि मात्र बस्ने जानकारी दिए ।
कांग्रेस बैठक नबस्दा नेविसंघको महाधिवेशन प्रभावित
केन्द्रीय समिति बैठक बसेर विधान नटुंग्याइदिँदा नेविसंघको १२औँ महाधिवेशन प्रभावित भएको छ । बिहीबार नेविसंघको विधानलाई टुंग्याएर उसलाई महाधिवेशन गर्ने बाटो खोलिदिने तयारी कांग्रेसको थियो । तर, बैठक नै स्थगित भइदियो । साथै, विद्यालय र क्याम्पसमा अधिवेशन नै नभएको र अब छठपछि मात्रै विद्यालय र क्याम्पस खुल्ने भएपछि नेविसंघको महाधिवेशन हुने सम्भावना कमजोर बनेर गएको छ । २ मंसिरसम्म नयाँ नेतृत्वका लागि जसरी पनि निर्वाचन गर्नैपर्ने बाध्यता छ । महाधिवेशन हुन नसक्दा टीका लगाएर नेतृत्व चयन गर्ने तयारी पार्टी संस्थापन पक्षको छ ।